
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत र कर्णाली प्रदेश समितिलाई प्रेस चौतारी नेपाल, जिल्ला समिति सुर्खेतले ज्ञापन पत्र बुझाएको छ । आइतबार प्रेस चौतारीले पत्रकार महासंघ सुर्खेत र प्रदेश समितिलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउनका लागि शुद्धीकरणका लागि विभिन्न १५ वटा मापदण्ड तयार गरेको छ ।
यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सचिवालय बैठकले महासंघले तयार पारेको उक्त मापदण्डलाई लत्याउदै प्रेस चौतारीमा आस्था राख्ने पत्रकारहरुलाई मात्रै लक्षितगरी केही सदस्यहरुको नविकरण नगर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रेस चौतारी नेपाल सुर्खेत अध्यक्ष गोविन्द खत्रीले आइतबार पत्रकार महासंघका कर्णाली अध्यक्ष देविराम देवकोटा र सुर्खेत अध्यक्ष ललित बसेललाई ज्ञापन पत्र दिएको जानकारी दिए ।
उनले भने, ‘नियमित रुपमा कलम चलाउँदै आएका पत्रकारहरुलाई प्रेस चौतारीमा आस्था राखेकै आधारमा पक्षपातपूर्ण तरिकाले गरिएको उक्त निर्णयप्रति हाम्रो कडा आपत्ति छ । सदस्यता सुद्धिकरण गर्ने कुरा स्वागतयोग्य हुँदाहुँदै सचिवालयमा हाम्रो संगठनको प्रतिनिधित्व नभएको फाइदा उठाउँदै चौतारीमा आस्था राख्ने पत्रकारहरुलाई रोक्ने र अन्य संगठनका सदस्यहरुलाई बचाउने गरी मापदण्ड लगाउने कुरा सुन्नमा आएको छ। यो खेदजनक छ ।’
यस्तै, अध्यक्ष खत्रीले पक्षपातपूर्ण तरिबाट गरिएको उक्त निर्णय तत्काल सच्चाउनुपर्ने बताए । साथै खत्रीले अन्यायपूर्ण निर्णय कायमै राखेको खण्डमा प्रेस चौतारी नेपाल आन्दोलनमा उत्रिन बाध्य हुने र जिल्लाले गरेको सिफारिस विपरित प्रदेशले गरेको निर्णयका साथै शाखाका सदस्यको पक्षमा लड्नका लागि एकबद्धता हुन आवश्यक रहेको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google