सुर्खेत । गस्तीको क्रममा लडेर गम्भिर घाइते भएका प्रहरी जवान सुवाश पौडेलको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकाल अस्पताल पुगेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका २ बसन्त डाँडा लगाएत वडा एरियामा गस्ती गई फर्कने क्रममा पौडेलको लडेर गम्भिर घाइते भएका थिए ।
प्रहरी चौकी पुर्तिमकाँडा, रुकुम पश्चिममा कार्यरत रहेका प्राविधिक प्रहरी जवान सुवाश पौडेल चिप्लन गई गोरेटोबाटोदेखि २५० मिटर तल खसेका थिए । उनको टाउको, हात खुट्टालगायत शरीरको अन्य संवेदनशिल अंगहरुमा गम्भिर चोट लागेको बताइएको छ ।
मिसन अस्पताल चौरजहारी रुकुम पश्चिममा भर्ना गरिएका पौडेललाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google