तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन भदौ भित्र पास हुन्छ – मन्त्री लामा

दर्पण दैनिक १ भाद्र २०८०,१५:५७
post

काठमाडौं । बागमती प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तीर्थबहादुर लामाले अधिकार र पहिचानको लागि सबै तामाङहरु एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिएका छन् । २९औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ संघीय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले नागरिकता दिएर मात्र बलियो राष्ट्रवाद नहुने बताए । उनले भने,  ‘हामी यो मुलुकको सबैभन्दा ठूलो समुदाय हो । नागरिकता मात्र बलियो राष्ट्रवाद हो जस्तो लाग्दैन । त्यो कागजको टुक्रा मात्र हो । राज्यले तामाङ जातिको पहिचानलाई स्वीकारे मात्र राष्ट्र बलियो हुन्छ ।’

यसैबीच आगामी भदौ महिना भित्र बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउन ऐन पास गर्ने बताए । ‘सरकारी कामकाजको भाषामा तामाङ भाषालाई माध्यमको भाषा बनाउन पारित भएको छ ।’ उनले भने, ‘केहिदिन पछि सदन सुचारु हुन्छ र त्यो ऐन पेस हुनेछ । त्यसपछि तामाङ र नेवार भाषा वाग्मती प्रदेशको सरकारी कामकाजको भाषा हुनेछ ।’

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: