नेपाली कांग्रेस काभ्रेको जिल्ला सम्मेलन जेठ ६ गते बनेपामा हुने, महालक्ष्मी उपाध्याय (डिना) ले उद्धघाटन गर्ने

दर्पण दैनिक ३ जेष्ठ २०८०,०७:२१
post

बनेपा । नेपाली कांग्रेस काभ्रेले जेठ ६ गते जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार नै सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले जानकारी दिए । 

उनका अनुसार, बनेपास्थित बनेपा पार्टी भेन्यूमा हुने सम्मेलनको उद्धघाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गर्नेछिन् । १ सय ३५ वटै वडाबाट निर्वाचित करिब २५ सय क्षेत्रीय प्रतिनिधी सम्मेलनमा सहभागी हुने सभापति लामाले जानकारी दिए । 

२ सत्रमा हुने कार्यक्रमको बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनका साथै आगामी बर्षको कार्ययोजना प्रस्तुत हुनेछ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले तयारीको लागि विभिन्न समिति गठन गरेर जिम्मेवारी समेत तोकेको छ । सम्मेलनमा करिब ५ हजार कांग्रेस नेता कार्यकर्ता, शुभेच्छुक उतार्ने कांग्रेसको तयारी छ । 

२५ सय क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिलका साथै लोकतन्त्रवादीहरुको सहभागिता रहने काभ्रे कांग्रेसले जनाएको छ । 

बैठकले बांकी रहेका वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि निर्देशन दिएको छ । नेपाली कांग्रेस काभ्रेको स्वास्थ्य शाखाले सोही कार्यक्रममा रक्तदान आयोजना गरेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: