काभ्रेको महाभारतमा एमाले परित्याग गरी ७* भन्दा बढी युवा नेता कांग्रेसमा प्रवेश

दर्पण दैनिक ३ आश्विन २०८०,१८:३७
post

काभ्रे । महाभारत गाँउपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी ७ जना भन्दा बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । महाभारत गाँउपालिकामा आयोजित एक कार्यक्रमकाबीच ती युवाहरुश्र नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा र महाभारत गाउँपालिका उपाध्यक्ष सगर मोक्तानले उनीहरुलाई स्वागत गरे । 

एमालेले जनतालाई धोका दिएको भन्दै नव प्रवेशी युवाहरुले अबका दिनमा कांग्रेसमा आवद्ध भएर आम नागरिकको सेवा गर्ने बताए । 

कार्यक्रममा काभ्रे क्षेत्र नं. १ काे प्रदेश सभा (क)का कांग्रेस सभापति राम योन्जन, उपसभापति रणबहादुर तामाङ, कोषाध्यक्ष रमेश लामा र पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै, नेविसंघका केन्द्रीय सदस्य प्रेम लामा र नेपाल तरुण दलका नेताहरुलगायतकाे उपस्थिति रहेकाे थियाे । 

 

 

 

 

 

*यसअधि याे समाचारमा  ७ जना भन्दा बढी युवा हुनुपर्नेमा अन्यथा पर्न गएकाेमा सच्याएका छाैं । यहाँमा पर्न गएकाे असरप्रति क्षमा चाहन्छाैं - सम्पादक

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: