मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा तोडफोड प्रयास

दर्पण दैनिक ६ चैत्र २०७९,१६:२३
post

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ । सोमबार ओखलढुङ्गाकाे सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् ।

कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो ।

कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: