समाजलाई सभ्य बनाउन शिक्षकको महत्वपूर्ण भुमिका रहनुपर्छ : सांसद लामा

दर्पण दैनिक २ फाल्गुन २०७९,०८:३४

कांग्रेस निटक नेपाल शिक्षक संघ काभ्रेको स्थानीय तहमा चयन भएका पदाधिकारीसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

post

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा सदस्य सांसद तिर्थ लामाले समाजलाई सभ्य बनाउन शिक्षकको भुमका महत्वपूर्ण रहेको बताएका छन् । नेपाली कांग्रेस काभ्रेले पार्टी निटक नेपाल शिक्षक संघका नवनिर्वाचित पदाधिकारीसँग गरेको एक दिने अन्तरक्रिया तथा बधाई कार्यक्रममा बोल्दै लामाले यस्तो बताएका हुन् ।

उनले भने,  ‘शिक्षक सधै सबैसँग नजिक रहने हुनाले समाजलाई सभ्य बनाउन महत्वपूर्ण भुमिका रहनुपर्छ’ सांसद लामाले भने,  ‘सबै व्यक्तिसँग घुलमिल हुनुपर्छ । साथै शिक्षक सबैको प्रेरणाको श्रोत पनि भएकोले शिक्षकको हकहितका लागि पार्टी सदैव साथ र सहयोग गर्न तयार छ । त्यसैले विधि र विधानमा टेकेर काम गर्न म सबै शिक्षकहरुलाई सुझाव दिन चाहन्छु ।’

जिल्ला पार्टी कार्यालय बनेपामा सोमबार सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रेका १३ वटै स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरुको सहभागीता रहेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ संघीय उपाध्यक्ष भोला रिजाल, नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, नेपाली कांग्रेसका जिल्ला सचिवद्वय, उपसभापतिद्वय, नेपाली कांग्रेस ट्रेड युनियन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले गरेका थिए, भने सञ्चालन नेपाल शिक्षक संघ जिल्ला सचिव शम्भुप्रसाद घिमिरेले गरेका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: