
काभ्रे । रोशी गाउँपालिका बिपी राजमार्गदेखि बागमती प्रदेश राजधानी हेटौँडासम्म जोडने सडक खण्ड कालोपत्रे गर्नको लागि बोलपत्र आह्वान गरिएको छ । नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तीर्थ लामाको पहलमा रोशी गाउँपालिका बिपी राजमार्गदेखि कटुञ्जे–खार्पचोक–कालिञ्चोक–लेखपानी–सुँगुरे-बुढाखानी -खानीखोला गाउँपालिकाकाे ताल्ढुंगा हुँदै प्रदेश राजधानी हेटौँडासम्म जोडने सडक खण्ड कालोपत्रे गर्ने कार्य थालनी भएको हो ।
पहिलो चरणमा ७ करोड बजेटमा १५ किलोमिटर बाटो कालोपत्र गरिने बोलपत्रमा उल्लेख छ । कुल लागत भने ९२ करोड लाग्ने बताइएको छ । सडक पक्की सडक भएसँगै आर्थिक, भौतिक, सामाजिक बिकासमा वृद्धि हुने जनअपेक्षा छ ।
यो कामको लागि पहलकदमी गरी ठेक्का बोलपत्र आह्वान गरेर विकास निर्माण कार्यमा जनतासँग प्रत्यक्ष जोडिएको भन्दै मन्त्ती लामालाई स्थानीय नेता कार्यकर्ता तथा नागरिकले धन्यवाद दिएका छन् । १४ वर्ष अघिदेखि जनताले देखेको सपना पूरा हुने भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google