
काभ्रे । खानीखोला गाउपालिका वडा नं ७ मा बृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । २८५९औँ तावार ल्होको अवसरमा तामाङ समाज खजुलीलेकद्वारा आयोजित बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रलाई बाग्मती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले उदघाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्न शनिबार खजुलीलेक पुगेका सांसद लामाले नेपाल एक बहुराष्ट्र, बहुधार्मिक र बहुजातिय मुलुक भएको हुनाले सबै जातजातिको धर्म, भाषा र लिपीलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले एकजुट भएर लागे मात्र यो देशको पहिचान र अस्तित्व रहने बताए ।
उनले भने, ‘सबै भाषा, धर्म र संस्कृतिको बराबर महत्व भएको हुनाले एकले अर्को कला संस्कृतिलाई हातेमालो गरेर नेपाल एक बिभिन्न फुलहरुको साझा फुलबारी हो भन्ने विश्वमा नै परिचित गराईराख्ने जिम्मेवारी तपाई हाम्रो आजको आवश्यकता हो ।’
लामाले सबै दल एक भएर खानीखोलालाई बिकास गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचनको समयमा तपाईहरुले गर्नु भएको सहयोगलाई जिवनमा सास रहे सम्म मेरो साथ रहने छ ।’
कार्यक्रममा गाँउपालिका उपाध्क्ष दोर्जेमान जिम्बाले विकासको कार्यमा अब केही चिन्ता लिनु नपर्ने बताए । उनले भने, ‘तपाई हामीले रोजेको खानीखोलाले खोजेको विकासप्रेमी नेता पाएका छौं, यसकारणले अब सानो समस्याको लागि गाँउपालिका र ठुलो समस्याको लागि प्रदेश र संघ छ ।’
यसैगरी युवा नेता समाजसेवी अविर जिम्बाले युवाहरु प्रतिनिधित्व गर्ने र तमाम कार्यमा साथ र सहयोग गर्ने नेता पाएको प्रति खानीखोलाका जनता भाग्यमानी रहेको बताए । कार्यक्रममा बोल्दै समाजसेवी शेर बहादुर वाईबाले खानीखोलाको समस्यालाई ध्यानकर्षण गर्दै खानीखोलामा भएका धेरै समस्याहरु अब समधान हुने आशा राखेको बताए । उनले काभ्रेको बिकट भनेर चिनिने खानीखोलाई बिकासको मुल फटाउन आग्रह गरे । कार्यक्रमा निवर्तमान वडाध्यक्ष क्षेत्रमान ग्याबा, तामाङ घेदुङका जिल्ला सदस्य लगायतले आफनो धारणा राखेका थिए ।
राष्ट्रिय कलाकारहरु सुनिता लुङबा, सानुबाबु घिसिङ, प्रमिला लामा साथै चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । तामाङ जातिको नयाँ बर्षको रुपमा मनाउने यस पर्वलाई बिभिन्न तामाङ भेषभुषा लगाएर रमाइलो गर्ने र आफनो कला संस्कृति पहिचानको लागि औपचारिक कार्यक्रम मार्फत सन्देशमुलक कार्यक्रम गरी केही बर्ष देखि मनाउदै आइरहेको आयोजक तामाङ समाजका अध्यक्ष कृष्णबहादुर घिसिङले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google