काठमाडौं । लमजुङको बुलबुले केन्द्रविन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ७ बजेर १७ मिनेट जाँदा ३ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । नेपालको भूभागमा यसअघि माघ १० गते बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै कात्तिकमा पनि डोटी केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा परि ६ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google