रोशी गाउँपालिकाका ६ को भवन उद्धघाटन, १२ वटै वडा कार्यालयकाे अब आफ्नै भवन

दर्पण दैनिक १५ पुष २०८०,१५:२९
post

काभ्रे । रोशी गाउँपालिका वडा न ६ को आफ्नै कार्यालय भवन उद्घाटन गरएिको छ । आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले सो भवनको उद्घाटन गरेका हुन् । 

भवन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, रोशी गाउपालिकाका पूर्व उपाध्यक्ष लक्ष्मी बर्तौलाको विशेष उपस्थिति रहेको थियो । 

जिल्ला समन्वय समितिसंंगको लागत साझेदारीमा ५८ लाखको लागतमा भवन र घेराबार सम्पन्न भएको हो । स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाखको लागतमा दुई तले भवनको पहिलो तला सम्पन्न भएको थियो ।

स्थानीय तहको निर्वाचन २०७९ पछि दोस्रो तलाको वाल, कार्यालय घेराबारको लागि पुनः लागत साझेदारीमा २८ लाखको लागतमा काम सम्पन्न भएको हो । स्व टेकबहादुर तामाङ, रत्नबहादुर तामाङ, मानबहादुर तामाङ, स्व. रामबहादुर तामाङ, धनबहादुर तामाङ, ज्ञानबहादुर तामाङले उपलब्ध गराएको जग्गामा वडा कार्यालय भवन बनेको हो ।


प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले १२ वटै वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको बताएका छन् । वडा नं ५ र ८ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा दिनसमेत शुरु गरिसकेको उनले बताए । उनका अनुसार वडा नं ५ को भवनमा फिनिसिङको काम बाँकी छ, भने वडा नं ८ को भवन निर्माण सम्पन्न भइसकेको छ । यी बाहेक अन्य सबै वडाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: