काभ्रेको बेथानचोक गाउँपालिकाले थाल्याे प्रांगारिक तरकारी खेती प्रवर्द्धन अभियान

दर्पण दैनिक २० बैशाख २०८१,२०:०८
post

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न अभियान थालेको छ । दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकका उत्पादनलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले यहाँ सीप, प्रविधी सिकाउन लागेको हो । गाउँपालिकाले मकवानपुरको सामुदायिक महिला विकास केन्द्रसँगको सहकार्यमा ६ वटै वडाबाट ५–५ जना कृषकलाई प्रांगारिक तरकारी उत्पादन तथा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

प्रांगारिक तरकारी खेती प्रवर्द्धनका साथै कृषकको आयआर्जन वृद्धिको लागि गाउँपालिकाले अभियान थालेको उनले बताए । रसायनिक मलको अभाव झेलिरहेको अवस्था रहेको भन्दै उनले प्रांगारिक मल, खेती प्रवर्दधन भएपछि सो समस्या समाधान हुने तर्क गरे । कृषि, पर्यटनमार्फत गाउँपालिकाको पहिचान बनाउन लागि परेको उनले बताए । सामुदायिक महिला विकास केन्द्रकी कार्यक्रम संयोजक कोपिला डंगोलका अनुसार बैशाख २० गतेदेखि २४ गतेसम्म तालिम सञ्चालन हुनेछ । संस्थाले व्यवसायिक तरकारी उत्पादनका साथै बजारिकरण समेतको लागि काम गर्ने उनले जानकारी दिइन् । 

सामाजिक विकास मन्त्रालयको सहयोगमा संस्थाले नुवाकोट, ललितपुर र चितवनको माडीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रांगरिक कृषि खेती प्रवर्द्धन गरिरहेको पात्लेखेतस्थित हसेरा फार्मका संचालक गोविन्द शर्माले कृषकहरुलाई तालिम दिनेछन् । पाँच दिनसम्म सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण सञ्चालन गरिने शर्माले जानकारी दिए । उनका अनुसार, झोल मल, प्रांगारिक मल बनाउने, बीउ, माटो परिक्षणका साथै शत्रु तथा मित्र जीव व्यवस्थापनको लागि प्रशिक्षण दिइनेछ । तालिमको क्रममा माटो जाँच समेत गरिने उनले जानकारी दिए ।

तालिम उद्धघाटन कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले खानपानका कारण प्रत्येक घरमा मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता दीर्घरोगको समस्या देखिएको भन्दै प्रांगारिक खेती प्रणाली प्रवर्द्धन  गर्नुपर्ने बताइन् । रसायनिक मलले माटो विग्रिएको कारण पहिलो बर्ष केही उत्पादन घट्न सक्ने भन्दै माटोमा सुधार भएपछि प्रांगारिक खेतीले उत्पादन दोब्बर हुने उनले बताइन् । कृषिको लागि उर्वरभूमी भएको कारण बेथानचोकमा प्रांगारिक खेती अभियान सञ्चालन गर्न छनोट गरिएको उनले बताइन् ।

पूर्व सांसद शिवप्रसाद हुमागाईले कृषि नै यहाँका नागरिकको आम्दानीको प्रमुख श्रोत रहेको बताए । उनले कृषकहरुका उत्पादनलाई बजारिकरणको समस्या हुन सक्ने भन्दै स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताए । पूर्व उद्योगराज्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले यहाँका कृषि उत्पादनलाई बजारिकरणको समस्या भए बनेपा नगरपालिकासँगको सहकार्यमा व्यवस्थापन गर्न आफूले जनप्रतिनिधिको हिसाबले सहजीकरण गर्ने बताए ।

बाग्मती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले उर्वर भुमी बेथानचोकमा प्राङ्गारिक खेती तालिमले यहाँका कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे । सामुदायिक महिला विकास केन्द्रका सल्लाहकार प्रल्हाद तिमल्सिनाले ग्राणिम भेगमा महिला सशक्तिकरणको लागि संस्थाले काम गरिरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस बेथानचोकका सभापति प्रेमबहादुर तिमल्सिना, नेकपा एमालेका बेदप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कैलाश तिमल्सिना लगायतले प्रांगारिक तरकारी खेती अभियानले स्थानीय तहले फाइदा लिने बताए । गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले कार्यक्रमको लागि बेथानचोक छनोट गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिइन । कार्यक्रममा नेवारी नित्य समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: