मौलिक नाम खोज्दै मध्यपुर थिमि

दर्पण दैनिक ६ असार २०८०,०७:५३
post

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अमूर्त सम्पदाको रुपमा रहेको मौलिक नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा अभिलेखिकरण प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मेयर श्रेष्ठले मन्दिर, मठ, चैत्य, पोखरी जस्तै अमूर्त सम्पदा पनि उतिकै महत्वपूर्ण रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘ई. राजेन्द्र दाइसँग एउटा पार्टी भोजमा भेट हुँदा थिमिको अध्ययन र अनुसन्धान गरेको मालेकुलेको विषयमा छलफल भयो । स्थानिय स्तरमा रहेका सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा अध्ययन गरिरहेको मालेकुले अभियानबाट प्रेरित भएर अहिले कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको छ ।’ मेयर श्रेष्ठले बताए । उनले पुराना नाम खोज्ने काम सकेर त्यसलाई जिआईएस सिस्टममा लाने विषयमा समेत प्रष्ट पारे ।


हुनपनि बाजेपूर्खाले सन्ततिमा हस्तान्तरण गरेको सम्पदालाई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । सम्पदालाई पर्यटनसँग जोड्नसके त्यसले स्वरोजगारी सिर्जना गर्नेदेखि वित्तीय अवस्था चलायमान गराउने क्षेत्रमा भूमिका खेल्छ । कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुति गर्दै मौलिक नाम खोज्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरुको विषयमा जानकारी दिए । संयोजक श्रेष्ठले नौ महिनाको अवधिमा समितिले गरेको उपलब्धिको विषयमा समेत प्रष्ट पारे ।

कार्यक्रममा फर्मल मेयर मदनकृष्ण श्रेष्ठ, डेपुटी मेयर विजयकृष्ण श्रेष्ठ, ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, युवा राजनीतिज्ञ भुवन बागः श्रेष्ठ लगायतले नगरभित्र पुराना नाम खोजेर प्रतिष्ठान गर्नुपर्ने आवश्यकता विषयमा चर्चा गरेका थिए । समितिका सदस्य सचिव तुलसी भक्त तःकोले सञ्चालन गरेको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सबै वडाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समितिका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: