रोशीको तीनधारे झरना अवलोकन गर्न पुगे बागमती प्रदेश सरकारका मन्त्रीहरु

दर्पण दैनिक १७ भाद्र २०८०,१०:००
post

काभ्रे ।  बागमती प्रदेश सरकारका तीन मन्त्रीहरुले काभ्रेको रोशी गाउँपालिका २ मा रहेको तीनधारे झरना अवलोकन गरेका छन्  । रोशी गाउँपालिकामा रहेको सो झरनाको प्रवद्र्धन, संरक्षण तथा विकास गर्ने उद्देश्यले गाउँपालिकाले बागमती प्रदेशका मन्त्रीहरु लाई अवलोकन भ्रमण गराएको हो ।  

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको नेतृत्वमा भएको अवलोकन भ्रमणमा प्रमुख अथिति आन्तरिक मामिला तथ योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, जिल्ला समन्वयन समिति काभ्रेका प्रमुख दिपक गौतमलगायत नेता कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । 

अवलोकन पश्चात आन्तरिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

त्यस्तै, काभ्रे कांग्रेस सभापति समेत रहेका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ लामाले तीनधारे झरना निकै सम्भावना बोकेको स्थल भएको बताए । तीनधारे झरनालाई व्यवस्थित, संरक्षण तथा प्रवद्र्धन गर्न प्रदेश सरकारले काम गर्ने बताए । उनले दाप्चाबाट तीनधारे झरना पुग्ने बाटो बनाउन पहल गर्ने समेत बताए । लामा काभ्रेबाकटै निर्वाचित सांसद हुन् । 

 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: