सुनसरीकाे सेउती पुल नजिकै गोली हानेर २८ वर्षीय युवकको हत्या

दर्पण दैनिक ५ श्रावण २०८०,२०:३१
post

विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ । शुक्रबार दिउँसो गोली हानी  विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको सुनसरी प्रहरीले बताएको छ ।  

मूलघाटबाट विराटनगर फर्किएका उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । ढकालले गोली प्रहार गर्नेको हुलियाबाट पहिचान भइसकेको बताए । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: