कांग्रेसकाे नीति र योजनालाई कार्यान्वयन गर्न युवाकाे भुमिका महत्वपूर्ण : तीर्थ लामा

दर्पण दैनिक १२ चैत्र २०७९,०७:४८
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले पार्टीको नीति र योजनालाई कार्यान्वयन गर्न युवा तरूणहरूकाे भुमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले जनताकाेलािग काम गर्न युवाहरू अग्सर हुनुपर्ने बताएका हुन् । 

उनले भने, 'तरुण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि संगठन एकढिक्का भएर लाग्न आवश्यक छ ।'

तरुण दलको विधानअनुसार संगठन विस्तार गर्दै पार्टीको नीति र योजनालाई कार्यान्वयन गर्नका लागि दृढ भएर लाग्न लामाले आग्रह गरे । जिल्ला समितिलाई पूर्णता दिँदै सबै पालिका र वडामा समेत सङ्गठन निर्माण गर्दै सक्रिय भएर पार्टी निर्माणमा लाग्न उनले आग्रह गरे ।

सम्पन्न भएको बृहत तरुण भेलाले सुजन लामाको सभापतित्व र उपसभापति सचेत दुवाल र विजेन रञ्जित उपसभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा सचिवमा सुरज तिमल्सिना र स्मारिका तामाङ, सहसचिवमा राजेश जिम्बा, देवसिंह लामा, सन्दीप अर्याल र मिलन लामा, कोषाध्यक्षमा रामशरण पराजुली कोषाध्यक्ष एवं सहकोषाध्यक्षमा शेरबहादुर वाइबा चयन भएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: