काभ्रे । तेमाल गाउँपालिकाले रासायनिक मल विक्रेता सूचीमा दर्ता भई रसायनिक मलको कारोवार गरि रहेका सहकारीलाई डिलरसिप नविकरण गर्न निर्देशन दिएको छ । सूचना प्रकाशन गर्दै गाउँपालिकाले डिलरसिप नविकरण गरेर चालुको आवको लागि आवश्यक रासायनिक मलको सिफारिस लिन निर्देशन दिएको हो ।
२०८१ साउन ८ मा प्रकाशित उक्त सूचनामामार्फत गाउँपालिकाले १५ दिन भित्र सहकारीहरूको डिलरसिप नविकरण गर्न प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचनामार्फत भनेका छन् ।
यस्तो छ, सूचना
अनुदानको रासायनिक मल वितरण गर्ने सहकारीहरूको डिलरसिप नविकरण गर्ने बारे जरूरी सूचना
सूचना प्रकाशन मिति : २०८१/०४/०८
स्थानीय तह रसायनिक मल वितरण व्यवस्थापन समितिको मिति २०८१/०४/०८ गतेको बैठकको निर्णय अनुसार अनुदानको रसायनिक मल वितरण निर्देशिका २०७७ बमोजिम गत आ.व. २०८०/८१ को लागि रासायनिक मल विक्रेता सूचिमा दर्ता भई रसायनिक मलको कारोवार गरि रहेका सहकारीहरुले आजको मिति देखि १५ दिन भित्र तपसिलका कागजात सहित डिलरसिप नविकरण गरि यस आ.व.को लागि आवश्यक रासायनिक मलको सिफारिस लिनको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल :
१. रासायनिक मल बिक्रेताको सूचिमा दर्ता गरि जारी गरिएको सक्कल प्रमाण पत्र ।
२. गत आ.व. २०८०/८१ मा बिक्रि बितरण गरिएको रासायनिक मलको सम्पूर्ण विवरण (कृषि सामाग्री कम्पनी धुलिखेल तथा साल्ट ट्रेडिङ कर्पोरेसन बनेपाको छुट्टाछुट्टै कारोबार विवरण) ।
३. डिलरसिप नविकरण गरिपाउँ भन्ने निवेदन ।
४. सम्बन्धित वडा कार्यालयको डिलरसिप नविकरण गरिदिने व्यहोराको सिफारिस पत्र ।
पवन कुमार प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत