नेपाल शिक्षक संघलाई देशव्यापी रुपमा चलयमान बनाउनु पर्नेमा सांसद लामाको जोड

दर्पण दैनिक ४ चैत्र २०७९,१९:२५
post

काभ्रे । नेपाली कांग्रेसका काभ्रेका सभापति एवं बागमती प्रदेश सभा सदश्य तीर्थ लामाले शिक्षक बिना देशको कुनै पनि कार्यमा परिवर्तन नआउने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ काभ्रेको ९औं जिल्ला अधिबेशनको उद्घाटन समारोहमा बोल्दै लामाले यस्तो बताएका हुन् ।  काभ्रेपलाञ्चोक बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधि सभा सदश्य प्रकाशशरण महतले गरेका  थिए ।

कार्यक्रमलाई  सम्बोधन गर्दै लामाले शिक्षक बिना देशको कुनै पनि कार्यमा परिवर्तन नआउने बताए । उनले नेपालको लोकतत्रान्तिक व्यवस्थामा शिक्षकहरुको भुमिका अहम रहेको हुनाले शिक्षक जस्तो अति संवेदनशील संघलाई देशव्यापी रुपमा चलयमान बनाउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘शिक्षक संघ शुभेच्छुक सस्थाको रूपमा मात्र नभई, पार्टीलाई मजबुद बनाउने पार्टीलाई एक ठाउँमा ल्याउन एकिकरण जस्तो महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको संस्था हो ।’

कार्यक्रममा काभ्रेका १३ वटा स्थानीय तहबाट प्रतिनिधिहरु उपस्थिति रहेको थियो । 
 

याे पनि : नेपाल शिक्षक संघ काभ्रेकाे अध्यक्षमा शम्भुप्रसाद घिमिरे, सबै पदाधिकारी निर्विरोध (सूचीसहित)
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: