सांसद लामाद्वारा धुलिखेल ८ मा निर्माण भईहरेको सडकको अनुगमन, थप बजेटको लागि पहल गर्ने प्रतिबद्धता

दर्पण दैनिक २ चैत्र २०७९,२१:२९
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले धुलिखेल नगरपालिका वडा नं ८ मा निर्माण भईहरेको अरनिको राजमार्ग देखि रबिदोमान सडक निर्माण कार्यको अनुगमन गरेका छन् । धुलिखेल नगरपालिका उपमेयर निराजन जंगम, वडा ८ का वडाध्यक्ष बिनोद गौतमलगायत स्थानीयको उपस्थितिमा सांसद लामाले सो सडक निर्माण कार्यको अनुगमन गरेका हुन् । 

सो अवसरमा सांसद लामाले सडको लागि थप बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । स्थानीयहरु सँग पनि समस्याको विषयमा छलफल गरेको अनुगमनमा सहभागी एक स्थानीयले बताए । लामा सत्ता पक्ष वा प्रतिपक्ष जे भएपनि काभ्रेकाे विकासकाे लागि लाग्ने नेता भएकाे स्थानीयकाे धारणा छ । 

सांसद लामाले आफूले चुनावको समयमा गरेका प्रतिबद्धता नभुलेको बताए ।  उनले भने, ‘यो ठाउँको विकास गर्नु जनताको जिवनस्तर उकास्नु हाम्रो काम हो । नागरिकलाई दिएको वचन कहिल्यै पनि निराशामा परिणत हुन दिने छैन् ।’ 

अनुगमनको क्रममा सांसद लामाले समयमा नै काम सकाउन निर्देशन दिए । काभ्रे धुलिखेल नगरपालिका ८ मा अरनिको राजमार्ग देखि रविदोमान सम्मको सडक निर्माण गर्न आव २०७९–८० मा प्रदेश सरकारले पचास लाख रकम बिनियोजन गरेको थियो ।  साे रकम सांसद लामाकै पहलमा प्रदेश सरकारबाट विनियाेजना गरिएकाे थियाे । 

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: