नेपाली कांग्रेस काभ्रेको जिल्ला सम्मेलन वैशाख ३० गते हुने

दर्पण दैनिक २ बैशाख २०८०,२१:००
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेले यहीं वैशाख ३० गते जिल्ला सम्मेलन गर्ने भएको छ ।  शनिवार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले ३० गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला कार्यसमितिका सचिव माधव ढकालले जानकारी दिए । 

१ सय ३५ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधी सम्मेलनमा सहभागी हुनेछन् ।  बैठकले वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि सबै स्थानीय तह र वडा कार्यसमितिलाई निर्देशन दिएको छ । 

चैत्र २ गते सम्पन्न नेपाली कांग्रेस काभ्रेको बैठकले चैत्र मसान्त भित्र सबै वडाको सम्मेलन सकेर गाउँपालिका र नगरपालिका कार्यसमितिको सम्मेलन सक्न निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: