सुर्खेत । नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले चिङ्गगाड गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ मा ११केभी र ४००–२३० भोल्टेजको एलटी बिद्युत लाईन परिक्षण प्रशारण गरिने भएकोले बिद्युत लाईनका पोल, तार र स्टेहरुमा नछुन अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै प्रादेशिक कार्यालय सुर्खेतले २०८० जेठ १० गते देखी सो परिक्षण प्रशारण गरिने जनाएको हो । अटेर गरी कुनै किसिमको दुर्घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जबाफदेही नहुने समेत सुचनामा उल्लेख छ ।
यस्तो छ, सूचना
बिषय:- सुचना । सुचना ॥ सुचना ॥
मिती: ०८०/०१/३१
उपरोक्त सम्बन्धमा मिति २०८०/०२/१० गते देखी सुर्खेत जिल्लाको मटेला स्थित ३३/११ के.भी. सबस्टेशन देखी सुर्खेत जिल्लाको चिङ्गगार्ड गा.पा.को वडा नं. १,२,३,४,५ र ६ मा ११ के.भी र ४०० / २३० भोल्टेजको एल. टी. बिद्युत लाईन परिक्षण प्रशारण गरिने भएकोले बिद्युत लाईनका पोल, तार र स्टेहरुमा नछुन हुन सम्पुण ग्राहकबर्गहरुमा जानकारीका लागी यो सुचना प्रकासित गरिएको छ । साथै यो सुचनालाई अटेर गरी कुनै किसीमको दुर्घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जबाफदेही नहुने ब्यहोरा समेत अनुरोध छ ।
सम्पर्क फोन.नं. ९८४३६१०४२६ सुर्खेत बितरण केन्द्र
९८५८०८४६०१ नो लाईट सेवा सुर्खेत
९८५८०५०९७१ चिङ्गगार्ड बिद्युत सामुदायिक सहकारी संस्था ली. ९८४५०४२८०७ रेनु कन्स्ट्रक्सन कं. प्रा.ली. धाकावर
(ई. यूबराज रावत) वितरण केन्द्र प्रमुख वितरण केन्द्र प्रमुख
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google