उग्रतारा भगवतीको मन्दिरमा देहीजाँत आज

दर्पण दैनिक १२ मंसिर २०८०,१२:३७
post

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका-८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।
 

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ । देहीजाँतमा अमरगढी नगरपालिकाका चार वटा गाउँबाट देउरो आउने गर्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार)बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ । त्यसअघि कार्तिक शुक्ल पूर्णिमाको राति, भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्छन् । रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालु दिउँसो दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन् । सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक तथा पर्यटकीयस्थलमध्ये एक रहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताए ।


झण्डै दुई हजार पाँच सय वर्ष अगाडि हालको अमरगढी नगरपालिका अन्तर्गतपर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक कथन छ । हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मुख्य पूजारी लोकराज भट्टले बताए । 


यस मन्दिरमा पूजाआजा तथा दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । देहिजाँत हेर्न सुदूर पश्चिमलगायत कर्णाली प्रदेश र भारतको उत्तराखण्डबाट समेत हिन्दू धर्मालम्बी आउने गर्दछन् । यो मन्दिर सदरमुकाम बागबजारबाट छ किलोमिटर टाढा दशरथचन्द राजमार्गमा अवस्थित छ ।

यस मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा, दसैँ अष्टमिका दिन भज्य पूजा हुने गर्छ भने अन्य समयमा पनि विवाह वर्तबन्ध तथा धार्मिक पूजा हुनेगर्छ । यस मन्दिर माता भगवती विभिन्न अवतारमध्ये एक मानिन्छ । उग्रतारा मन्दिरमा संस्कृत पाठशाला पनि छ । रासस

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: