काठमाडाैं । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google