सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी, कसले कति मत पाए ?

खगेन्द्र हमाल ७ चैत्र २०७९,०६:५५

स्ववियु चुनाव

post

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा आफ्नो पुरानो विरासत कायम गर्दै एमाले निकट अनेरास्ववियुले स्ववियु चुनाव जितेको छ । चैत ५ गते आइतबार भएको स्ववियु निर्वाचनमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुकाे अक्कलबहादुर सिजापती नेतृत्वको प्यानलै विजयी भएकाे हाे । 

क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतिले ९६७ मत प्राप्त गरेका छन् । गठबन्धनका हिक्मत शाहीले  ४८८ मत प्राप्त गरे ।

सिजापतिले नेपाल विद्यार्थी संघ  र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनबाट क्रान्तिकारीका हिक्मत शाही उम्मेदवार  थिए।

यस्तै, सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकाल विजयी भएका छन् । उनले ९०४ मत प्राप्त गरे । ढकालले गठबन्धनबाट उम्मेदवार नेवि संघका मिलन बिसीलाई हराएका हुन् । बिसीले ४७२ मत प्राप्त गरेका छन् ।


यस्तै, काेषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ललिता राना ७७० मतसहित विजयी भएका छन् । रानाले गठबन्धनबाट उम्मेदवार अखिल क्रान्तिकारीका रामशरण विकलाई पराजित गरेका हुन् । विकले ४५० मत प्राप्त गरेका छन् ।

यस्तै, सदस्यहरूमा अनेरास्ववियुका सबै सदस्य विजयी भएका छन् । क्याम्पसमा जम्मा १६८१ मत खसेको थियाे ।

सदस्यहरु :-
१) भरत शाही ८५४
२) राधा रिजाल ८५९
३) गगन आले ८८४
४) जुद्द रोकाय ८८८
५) दिपेन्द्र शाही ८३०
६) महेन्द्र खड्का ७९३
७) निरा जैशी ८५०
८) अशोक बराल ८६९
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: