
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि काकीै नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए ।
जसमा मुख्यमन्त्री कार्की नेतृत्व ४६ मत पर्यो भने, विपक्षमा ४३ मत पर्यो । कुल ९३ सदस्यीय प्रदेशसभाको आजको बैठकमा ८९ जना उपस्थित थिए । बहुमतका लागि ४७ मत आवश्यक पर्ने भएपनि कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउनमा १ मतले चुकेको हो ।
कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google