काठमाडाैं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएकाे छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता छन् ।
कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जसपाका अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google