वीरेन्द्रनगरमा पनि मनाइयाे विश्व आदिवासी दिवस

दर्पण दैनिक २५ श्रावण २०८०,०७:०७
post

सुर्खेत । २९औं विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको समुदाय भएको बताइन् । उनले भनिन्, 'कानुनले आदिवासी जनजातिहरुलाई दिएको अधिकारलाई व्यवहारमा प्रयोग गर्दै रक्षा गर्न जरुरी छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षालाई सफल बनाउन सम्पूर्ण समुदाय समान अवसर र न्याय प्रत्याभुति गर्ने राज्यको निति रहेकोले आदिवासी जनजातिको सामाजिक आर्थिक र साँस्कृतिक पक्षको विकास गरि राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा पहुँच र प्रतिनिधित्व सुनिश्चित हुँदै जाने विश्वास लिएको छु ।'

त्यस्तै कार्यक्रमका विषेश अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश सभाको सभामुख जनजातिको छोरी हुनु नै गर्वको विषय भएको बताइन् । उनले भनिन् 'खस भाषाको उद्गम थलो नै कर्णाली हो त्यसैले कर्णालीको  सभ्यता र पहिचान बचाउनकालागि सबैले हातेमालो गर्न जरुरी गरहेको छ ।'


कार्यक्रमका सभापति अशोक राजीले आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुलाई पनि समेटेर कार्यक्रम गरिने बताउँदै कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद ज्ञापन गरे भने विभिन्न संस्था एवं राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।


कार्यक्रममा विभिन्न जातीय संस्थाले आआफ्नो पहिचानको झाँकी प्रस्तुत गरेका थिए । वीरेन्द्रनगर बजार परिक्रमा गरेको झाँकीको प्रमुख आकर्षण नेवा समुदायको धिमे बाजा र लाखे नृत्य रहेको थियो । महासंघका सचिव भीम गुरुङ्ग खाम्पाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङ्गले स्वागत गरेका थिए।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: