अर्घाखाँची र प्युठानको संगम स्थलमा झोलुङ्गेपुल निर्माण

दर्पण दैनिक २४ असार २०८०,२०:४८
post

अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगम स्थलमा झोलुङ्गेपुल निर्माण भएको छ । प्युठानको ऐरावती गाँउपालिका वडा नम्बर ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गेपुल निर्माण भएको हो । पुलको उद्घाटन गदै भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले पुलले दुई जिल्लाको सम्बन्धमा बढ्ने बताए ।

कृषकहरुको खेतियोग्य जमिन दुबै तर्फ पनि भएकाले बर्खाको समयमा ठुलो खोला आउने भएकाले कृषकलाई कृषि उपज ओसार पसारमा पनि सहज हुने उनले बताए । साथै नगर प्रमुख थापाले दुई जिल्ला जोड्ने पुलको नाम मितेरीपुल राखेको समेत घोषणा गरेका हुन् ।

भुमिकास्थान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जय गोपाल श्रेष्ठले आवश्यकताको आधारमा पुल निर्माण गरिएको बताए । नगरपालिकाको मातहतमा सम्पन्न भएको पुलको प्राविधिक सहयोग ग्रामिण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँचीले गरेको संस्थाका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीले बताए ।

४४लाख १२हजार ९सय २२ रुपैयाँमा निर्माण भएको मुल ७७ मिटर लम्बाई रहेको छ । पुलबाट २ सय ५९ घरपरिवार लाभान्वित पत्रकार सागर महतले बताए  ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: