एमाले गोदावरीमा विक्रम निर्वाचित र बाग्मतीमा नवराज सर्वसम्मत

दर्पण दैनिक २७ जेष्ठ २०८१,०७:१७
post

सन्तोष दहाल, ललितपुर । जिल्लामा नेकपा एमालेका स्थानीय तहका अधिवेशनहरु धमाधम सम्पन्न भईरहेका छन् । गत चैत्रमा जिल्ला कमिटिको नवौँ अधिवेशन सम्पन्न भएपश्चात यही ज्येष्ठ मसान्तसम्म स्थानीय अधिवेशनहरु सम्पन्न गर्नुपर्ने केन्द्रीय कमिटिको सर्कुलर बमोजिम हालसम्म जिल्लाको क्षेत्र नं १  मा रहेका तीन गाउँपालिका र गोदावरी नगरपालिका कमिटिका अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भईसकेका छन् ।


यसैबीच गोदावरी नगर कमिटिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट विक्रम घिमिरेको अध्यक्षतमा ७३ सदस्यीय नगर कमिटि निर्वाचित भएको छ । 

निर्वाचनबाट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । कुल २३२ मत खसेकोमा घिमिरेले १ सय २३ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी ब्रह्मानन्द श्रेष्ठले १ सय ४ मत प्राप्त गरे । नगर कमिटिको उपाध्यक्षमा रमि प्रधानाङ्ग सर्वसम्मत चयन भएकी छिन भने सचिवमा अर्जुन सन्जेल २ मतको अन्तरले  निर्वाचित भए । सन्जेलले १ सय १२ मत ल्याए भने अर्का प्रतिष्पर्धी रामहरी केसीले १ सय १० मत प्राप्त गरे।

उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन् । थापाले १ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी गोकुल तिमल्सिनाले ४९ मत प्राप्त गरे । महिला उपसचिवमा कल्पना रामदाम सर्वसम्मत निर्वाचित भएकी छन् ।

यसैगरी शनिबार नै एमाले बाग्मती गाउँपालिका  कमिटिको दोश्रो अधिवेशनबाट नवराज सञ्जेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट उक्त कमिटी चयन भएको हो  । बाग्नतीको उपाध्यक्षमा भरत घिमिरे,सचिवमा लालबहादुर भोम्जन, उपसचिवमा सुदिप तिमल्सिना र शर्मिला तामाङ चयन भएका छन् ।

यसअघि महाङ्कालल गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा पनि अधिवेशन सम्पन्न भई सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेका छन् । महाङ्कालमा राजकुमार अधिकारी र कोन्ज्योसोममा कविन्द्र लामाको नेतृत्वमा नयाँ कमिटी चयन भएका छन् । महालक्ष्मी नगर अधिवेशन यही जेठ ३० गतेका लागि तोकिएको छ । यसैगरी ललितपुर महानगर कमिटिको यही असार १ र २ गते अधिवेशन तोकिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: