काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्थाका लागि रुलिङको माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सभामुखमार्फत सो माग गरेका हुन् ।
सरकारले लाइनमुक्त राष्ट्र भनेर घोषणा गरेको तर, रहेक ठाउँमा सेवाग्राहीको लाइन देखिन नछाडेको उनको भनाइ थियो । त्यसको उदाहरणका लागि उनले सिंहदरवारको दक्षिण गेटको अवस्था हेर्न सुझाव दिए ।