काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्नेकुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्दै उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने र आफू दबाबमा नपरीकन काम गर्ने प्रतिबद्धतासमेत जनाउँदै ढुक्क हुन आग्रहसमेत गरे ।