रास्वपाले आज पनि पोखरासहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने

दर्पण दैनिक २१ कार्तिक २०८१,०७:५३
post

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गतेमात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको थियो । पक्राउ परेको दिनदेखि गणना हुने गरी पहिलो पटक ७ दिन म्याद थपिएको थियो ।

दोस्रो पटक थपेको म्याद १५ गते सकिएपछि लामिछानेलाई मंगलबार तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । अदालतले १५ गतेदेखि गणना हुने गरी थप १० दिन म्याद थपको अनुमति दिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९