काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार राती भएको अन्तिम मत परिणाम अनुसार समिर बडालसँग पराजित भएपछि लामिछानेले सामाजिक सञ्जालमा ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो नीचतालाई धिक्कार । हामी भेट्ने छौ ।’ लेखेका छन् । बडालले ९६२ मत पाएर विजयी हुँदा लामिछानेले ३५६ मत पाएका थिए ।