काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज (सोमबार) उनीहरूबीच भेटवार्ता भएको हो ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।यसअघि उनले उपराष्ट्रपति रामसहाय यादवसँग द्वीपक्षीय प्रतिनिधि मण्डलसहितको भेटवार्ता गरेकी थिइन् । त्यस्तै प्रधानमन्त्रै केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन् । उनी भ्रमण पूरा गरेर आज नै स्वदेश फर्कदै छिन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google