
काठमाडौँ । तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएकाे स्थानहद फुकुवा भएकाे छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको घटनाबारे गठित जाँचबुझ आयोगले ओलीको स्थानहद फुकुवा गरेको हाे ।
आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो । त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि तत्कालिन प्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरुलाई स्थान हद लगाएको थियो । अरु सबैको स्थान हद फुकुवा भए पनि ओलीको बाँकी थियो ।
ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । यसअघि आयोगको असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उनलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो ।
जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकाले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोग गठन भएको हो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google