
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको 'जरा अभियान' अन्तर्गत क्रियाशिल सदस्यतालाई डिजिटल माध्यमबाट अद्यावधिक गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना हुने भएको छ । नेपाली कांग्रेस, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, काभ्रेपलाञ्चोकको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा वडा सभापतिहरू र प्राविधिक सदस्यहरूलाई प्रशिक्षण दिइनेछ।
पछिल्लो समय पार्टीले आफ्नो सांगठनिक संरचनालाई प्रविधिमैत्री बनाउने नीति अनुरूप यो कदम चालेको हो । कार्यक्रम २०८३ बैशाख १२ गते बिहान ११:०० बजे कुटुम्ब रिसोर्ट, भकुण्डेबेंसी सुरू हुने आयोजकले जनाएकाे छ ।
आयोजकका अनुसार, यो कार्यक्रम विशेष गरी वडा तहमा रहेका क्रियाशिल सदस्यहरूको तथ्यांकलाई डिजिटल प्रणालीमा समावेश गर्न केन्द्रित रहनेछ ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सहभागी हुने सबै वडा सभापति र प्राविधिक सदस्यहरूलाई अनिवार्य रूपमा आफ्नो ल्यापटप वा स्मार्टफोन साथमा लिएर उपस्थित हुन सूचित गरिएको छ । अभियानले पार्टीको आन्तरिक व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास क्षेत्रीय कार्यसमितिले लिएको छ ।



























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google