काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडा ब्यक्त गरेका हुन् ।
बास्तोलाले ‘सहकारी,लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय बाँणिज्य बैंक,कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँसम्म सेवा विस्तार गरेर जनअपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकट हल हुने धारणा राखेका हुन् । जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको बताउँदै भने, “हेर्दा १७÷१८ प्रतिशत देखाएपनि ब्याजमा स्याज गरेर वास्तविकरुपमा ४० देखि ४५ प्रतिशतसम्म असुल्ने गरेकाकारण जनतालाई घरबार विहिन हुँदै अत्महत्या गर्न बाध्य बनाउने यस्ता लुटेराहरुलाई लखेट्नु पर्छ ।” ‘यस्तो किसमको लुटपाट बन्द गरिनुपर्छ, अन्यथा निकट भविष्यमा हामीलाई वित्तिय दलालहरु विरुद्ध कठोर बन्न बाध्य नबनाइयोस ।’ उनले चेतावनी दिए ।
सरकारी ३ बैंकहरुलाई जनताको हितमा हुनेगरी ५ प्रतिशतभन्दा बढी ब्याज नबढाई ऋण दिँदा उद्यम पनि चल्ने र सावाँब्याजसहित फिर्ता हुने अनि स्वदेशमै रोजगारीको सिर्जना भई देशको अर्थतन्त्र पनि बलियो हुने उनको जिकिर छ ।
उनले बलामी जस्ता इमान्दार क्रान्तिकारी योद्धाहरुको सपना पूरा नहुनुमा व्यवस्था दोषी रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थाको लाडाइमा सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
बास्तोलाले अहिलेको व्यवस्थाले राजनीतिक दलाल र भ्रष्टहरुकै सेवा गरेको बताउँदै सडकमा आउनु पर्ने बेला भएको बताए ।
“रामचन्द्रजस्ता हजारौं नागरिकहरु दलाल व्यवस्थाकै कारण मृत्युको मुखमा पर्नु परेको छ, युवाहरु विदेश पठाएर लाश बाकसमा ल्याउनु परेको छ । यस्तो अवस्था यो व्यवस्था रहेसम्म रहिरन्छ, त्यसविरुद्ध एकजुट भएर सडकमा उत्रिनुपर्छ” बास्तोलाले भने । उनले बलामीका छोराछोरीको पढाईमा सहयोग गर्ने,पुस्तक प्रकाशन गर्ने तथा बलामीको नाममा अक्षय कोष खडा गरेर इमान्दार र क्रान्तिप्रति प्रतिबद्ध नेता तथा कार्यकर्ताहरुलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले नेपालमा क्रान्ति गर्ने एकमात्र पार्टी बहुमत भएको भन्ने पूर्ण विश्वास लिएका नेता बलामीको देहान्तले अपूरणिय क्षति भएको बताए । बलामीले अरु पार्टीले नेपालको क्रान्तिलाई पूर्णता नदिएको भन्दै आफ्नो पार्टीमा समाहित भएको बताउँदै बास्तोलाले भने, “बलामी कमरेड हाम्रो पार्टीको सहि विचार र दृष्टिकोण भएकै आकर्षित हुनुभयो हो, मेरो बाँकी समय अब नेकपा (बहुमत)को माध्यमबाट क्रान्तिलाई सुम्पिन्छु भनेर लाग्नुभएको थियो ।”
त्यसैगरी नेकपा (बहुमत) का कार्यालय सदस्य दीपक चलाउनेले बलामीको राजनीतिक यात्राको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनका एक असल सिपाही भएको बताए । “बलामी कमरेडले २०३३/३४ बाट कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो, मालेबाट राजनीतिक यात्राको सुरु गर्नुभएको थियो, एमाले विभाजनमा फेरि मालेतिर लाग्नुभयो, नेकपा एकीकृत बन्दा मजदूर संगठनको अध्यक्ष, एकीकृत फेरि फुट्यो, उहाँ सीपी नेतृत्वको मालेतिर लाग्नुभयो । माले विचार र सिद्धान्तमा अस्पष्ट भएको भन्दै स्वतन्त्र बस्नुभयो । अहिले नेकपा (बहुमत)को विचार र कार्यदिशासँग सहमत हुनुभयो” चलाउनेले भने । जीवनमा निकै संकट आउँदा पनि बलामीले कहिलै पनि लाभको अपेक्षा नगरेको चलाउनेले बताए ।
सो पार्टीका कार्यालय सदस्य गुणराज लाहनीले दिवंगत बलामीको सरल जीवनशैली र सर्वहारा वर्गीय चरित्र अनुकरणिय भएको बताए । लोहनीले ६१ बर्षीय बलामी क्रान्तिकारी पार्टीको खोजी गर्दै बहुमतमा आउनुभएको र छोटो समयमा पार्टीलाई आफ्ना अनुभव सुम्पेर गएको बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google