
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला समितिले मेची राजमार्गसँग जोडिएका स्थानीय मुख्य सडकहरू अवरुद्ध हुँदा नागरिकले ठूलो सास्ती खेप्नुपरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको छ । रास्वपा इलामका जिल्ला सभापति दिनेश महतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष पेस गर्दै सडक सञ्जाल पुनः सञ्चालनका लागि तत्काल कदम चाल्न माग गरेका हुन् ।
विगत केही समयदेखि सिमलगोलाई-तिलकेनी सडक र भञ्ज्याङ-बेलासे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका बासिन्दाको आवागमन ठप्प भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। विशेष गरी सिमलगोलाई-तिलकेनी सडक अन्तर्गत जोगमाई खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि सो क्षेत्रको यातायात प्रभावित भएको हो । यस्तै, भञ्ज्याङ-बेलासे सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण गर्ने पटक-पटकको प्रतिबद्धता पूरा नहुँदा स्थानीयको दैनिक जीवन, व्यापार र अत्यावश्यक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको रास्वपाले जनाएको छ ।
यसअघि माननीय मन्त्री स्वयंबाट उक्त सडकखण्डको स्थलगत अनुगमन भई सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको भए तापनि हालसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रति पार्टीले खेद प्रकट गरेको छ ।
नागरिकको दैनिक जीवनसँग जोडिएका यी समस्यालाई सम्बोधन गर्न रास्वपा इलामले मन्त्रालयसमक्ष निम्नलिखित ४ बुँदे मागहरू राखेको छ:
१. जोगमाई खोलामा तत्काल बेलिब्रिज निर्माण गरी सिमलगोलाई-तिलकेनी सडक सञ्चालनमा ल्याइयोस् र स्थायी पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरियोस्।
२. पुवाखोलामा बेलिब्रिज यथाशीघ्र जडान गरी भञ्ज्याङ-बेलासे सडक सञ्चालनमा ल्याइयोस्।
३. दुवै सडकको स्थायी निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट, ठेक्का प्रक्रिया र निर्माण कार्यलाई तीव्रता दिइयोस्।
४. आगामी वर्षायाममा समेत आवागमन अवरुद्ध नहुने गरी दिगो र सुरक्षित संरचना निर्माण गरियोस्।
पूर्वका तीन जिल्लाका नागरिकको कृषि, पर्यटन र व्यापारिक लाइफलाइनका रूपमा रहेका यी सडकहरूको मर्मत सम्भारमा थप ढिलाइ नगरी सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग रास्वपा इलाम जिल्ला कार्यसमितिको छ ।












































































































































































































































































































































































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)























































































































































1691312161.jpg)
















































































































































































































































































.jpg)









































































































































































































































































































































.jpg)






































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google