अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मंगलबार जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार १४ थिए । घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
एक जना भने सामान्य घाइते छन् । प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google