काभ्रे । दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता २०८० कार्तिक २२ गतेबाट सुरु हुन लागेको खेल प्रतियोगितामा खानीखोला गाँऊपालिका वडा नं ६ ले आफ्नो वडाका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरेका छन् । वडाध्यक्ष बृहस्पति घिसिङले फुटबल खेलाडीहरुलाई सो सामाग्री हस्तान्तरण गरेकाे वडा कार्यालले जनाएकाे छ ।
प्रत्येक वर्ष सञ्चालन गरेका खानीखोला कप यो वर्ष दोस्रो चरणमा खेल हुन गहिरहेका छन् । सो कपमा आफ्नो वडाका सातै वडा तहबाट सहभागिता हुनका साथै करिव २ दर्जनका साथ सो खेल हुने जनाएको छ ।
खानीखोलाको बिशिष्ट रुपमा खेल प्रदर्शन गरि वडा नं ६ का खेलाडीहरुलाई थप उत्साह र खेलप्रति जागृ रहोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष आफ्नो तर्फबाट र वडाको तर्फबाट सकेको खेलाडीहरुलाई विभिन्न सामाग्रीहरु वितरण गरिहरेको वडा अध्यक्ष घिसिङले बताएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google