काभ्रे । खानिखोला गाउँपालिकाले पालिका भित्रका २० सहिद परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभा तथा ८औं बजेट कार्यक्रममा जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई सम्मान गरिएको हो ।
सहिद परिवारलाई सम्मान गरे सँगै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले सहिदहरुको रगत बलिदानको कारणले यो व्यवस्था ल्याएको बताए । उनले सहिदको परिवारलाई सम्मान गर्ने कुराले नै उनीहरुप्रति उच्च सम्मान हुने बताए । सो अवसरमा सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको हो ।
त्यस्तै, सफल सगरमाथा आरोही खानिखोला गाउँपालीका लेखापाल बमबहादुर बिकलाई नगदसहित सम्मान प्रत्र प्रदान गरिएको छ ।उत्कृष्ट कर्मचारी इन्जिनियर अनमोल आचार्य ,स्वयमसेविका र कार्यलाय सहयोगीलाई पनि नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सो क्रममा अध्यक्ष थिङले स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादन कृषिमा जोड दिंदैपालिकाले कफीमा अनुदान दिदैं आएको बताए । खानिखोलामा मासिक १० हजार धार्नी खुवा उत्पादन हुने भएकोले अब खुवामा पनि अनुदान दिने सरकारको नीति तथा कार्यक्रम रहेको अध्यक्ष थिङ्ले बताए ।
गाउँसभामा आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति ,कार्यक्रम तथा बजेट प्रस्तुतिकरण गरिएको थियो । खानिखोला गाउँपालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।