एमाले ललितपुर महानगर ५ को वडा कमिटी अध्यक्षमा रामकृष्ण महर्जन

दर्पण दैनिक १७ चैत्र २०८०,१७:२५
post

ललितपुर । ललितपुर । नेपाल कम्युनिष्ट पार्टी ९ एमाले० ललितपुर महानगरपालिका वडा नं ५ वडा कमिटीको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले रामकृष्ण महर्जनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ वडा कमिटी समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएका अन्य पदाधिकारीहरुमा राधाकृष्ण श्रेष्ठ उपाध्यक्ष,कपिलराज श्रेष्ठ सचिव तथा नानीमैयाँ कपाली सहसचिव रहेका छन् । अधिवेशनको अध्यक्ष मण्डलमा डा। क्षितिज बाराकोटी,सुव्रत मणि दिक्षित,ईन्द्र कुँवर,शोभा देवी प्रधान श्रेष्ठ र  हरिशरण तामाङ रहेका थिए ।

अधिवेशन कार्यक्रममा बोल्दै ललितपुर महानगर ५ का वडा अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य विकासमान श्रेष्ठले एमाले पार्टीप्रती वडाबासीले अपार विश्वास र माया गरेर चुनावमा निर्वाचनमा जिताएको र आफूहरु पदमा रहँदा वा नरहँदा सधैँ जनताको सेवामा लाग्ने बताए । बाग्मती प्रदेश सांसद रघुनाथ महर्जनले निरन्तरसम्म जित कायम राख्नको लागि सबै नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए ।

ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पार्टीको उद्देश्य सधैँ जनताको सेवा गर्दै समाजवाद मार्फत समृद्धी प्राप्त गर्ने रहेको भन्दै प्रत्येक घरमा कम्तीमा एक रोजगार कार्यक्रम लागू गर्ने योजना रहेको बताईन । एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले पार्टीका अधिवेशन तथा चुनावको बेला मात्र सक्रिय हुने मनस्थिति त्यागेर पार्टी सदस्यहरु सधैँ जनताको समस्या समाधान गर्दै पार्टीले गरेका असल कार्यहरु जनतासमक्ष पुर्याउन लाग्नुपर्ने बताए । उनले जनताको समस्या समाधन गर्ने पहिलो काम वडा कमिटिको रहेको औँल्याए । जिल्ला सल्लाहकार पुरुषोत्तम ढुंगानाले पार्टीको ५ नं वडा लाई एमालेको सदावाहार लालकिल्लाको रुपमा घोषणा गर्ने प्रयासमा जुटिरहेको भन्दै अर्को चुनावमा वडाबाट एमालेलाई मात्र भोट आउने अवस्थाको सिर्जना गर्न सकिने दावी गरे ।

केन्द्रिय सदस्य बाबुराम थापाले नयाँ निर्वाचित कमिटिलाई शुभकामना व्यक्त गर्दै सुशासनका सवालमा पार्टीले राम्रो काम गर्न सके २०८४ को निर्वाचनमा सफलता हात पार्न सहज हुने बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: