काभ्रे । तेमाल गाउँपालिका ५ कोकामका पहिरो पीडित परिवारलाई नगदसहित खाद्य सामाग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदल काभेका नेताहरु मिथुन कुमार लामा, हिरालाल लामा, बज्र लामा र मिन्टु लामाले अभियान सञ्चालन गरेर संकलन गरेको सो सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त अभियानबाट जम्मा रु ३ लाख ४६ हजार ३९० रुपैयाँ संकलन गरि जिल्ला समन्वय समिति काभ्रेका उप प्रमुख रिम बहादुर तामाङको उपस्थितिमा पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।
पीडितहरुलाई नगद रकमसहित घरायसी समाग्रीहरुका साथै दाल, चामल, बिस्कुट, सिरक–डस्ना, लत्ताकपडा, लागायतका खाद्यसामाग्री समेत हस्तान्तरण गरिएको हो ।
तरुणदल काभेका नेताहरुले २ दिन अभियान सञ्चालन गरेर विभिन्न संघ संस्था व्यवसायी र सहयोगी दाताहरुबाट आर्थिक सहयोग रकम संकलन गरेको बताएका छन् ।
उक्त राहात हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष हजार सिँ लामा, नेपाल तरुणदल केन्द्रीय सदस्य स्मीता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुणदल जिल्ला सदस्यद्वय निमा लामा, युवराज लामालगायत स्थानीयहरुको उपस्थितिमा रहेको थियो।
वडाध्यक्ष हजार सिंह लामाले वडाबाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगरि सहयोग गर्ने बताए । अभियानकर्मी मिथुनकुमार लामाले यस अभियानलाई आर्थिक सहयोग गरि साथ दिने सम्पूर्णलाई धन्यवाद र कृतज्ञता व्यक्त गरे ।
तेमाल गाउँपालिका ५ कोकाममा गएको पहिरोमा परि १ घर पूर्णरुपमा क्षति भएको थियो, भने ४ वटा घरमा बस्न नहुने गरि क्षति पुगेको थियो । पहिरोमा परि एक गर्वभती महिला घाइते भई धुलिखेल अस्पतालमा उपचारत अवस्थामा छिन् ।