कैलाली । नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा सरस्वती रावल सर्वसम्मत चयन भएकी छ्न ।
बिहीबार धनगढीमा सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले रावलको अध्यक्षतामा १२९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
सम्मेलनले उपाध्यक्षमा उर्मिला चौधरी, सत्यदेवी चिमाडी,मैना रावल र कमला चौधरी चयन गरेको जनाइएको छ ।
त्यस्तै सचिवमा कमला ज्ञवाली (श्रीपाइली), सह-सचिवमा दुर्गा जोशी (भट्ट), लिला कुँवर र कोषाध्यक्षमा गीता नेपाली सर्वसम्मत चयन भएको जनाइएको छ ।
जेठ २२ गतेदेखि धनगढीमा सञचालित सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google