धरानका मेयर हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

दर्पण दैनिक ७ बैशाख २०८०,१९:५०
post

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले कार्यपालिका बैठकमा नआउने वडाध्यक्षहरूको राजीनामा मागेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले पार्टीको ह्विपलाई जनताको हितभन्दा माथि राखेर बैठक बरिष्कार गरेको भन्दै त्यसप्रति खेद प्रकट गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘कसैले म बैठकमा बस्दिनँ भन्न पाइँदैन । त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

मेयर साम्पाङ र वडाध्यक्षहरूबीच लामो समयदेखि लफडा चलिरहेको छ । मेयर साम्पाङसँग असन्तुष्टि जनाउँदै वडाध्यक्षले बैठक बहिस्कार गर्नेसम्मका घटना भइरहेका छन् । त्यही बीचमा साम्पाङले प्रस्टसँग भनेका छन्, 'आइन्दा बैठक बहिष्कार गर्ने होइन, बहिष्कार गर्ने भए राजीनामा दिनू ।'

मेयरमा निर्वाचित भएको वर्ष दिन पुग्न लागेका बेलामा प्रतिनिधिहरूबीचको विवादले धरानमा उत्कर्ष रूप लिएको छ । ७ वैशाख २०८० मा विज्ञप्ति निकालेर मेयर साम्पाङले वडाध्यक्षहरूले पार्टीको ह्विपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू बहिष्कार गरेको भनेका छन् ।

साम्पाङले वडाध्यक्षलाई नियमित रूपमा बैठकमा आउन र आफ्ना धारणा राख्न आग्रह गर्दै  आएका छन् । त्यसको सुनवाइ नभएपछि बैठकमा आउन आग्रह गर्दै उनले बिहीबार भनेका छन् ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो ।’

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: