अर्घाखाँचीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु

दर्पण दैनिक १९ असार २०८०,१२:५६
post

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे खसेको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।

पाणिनि–१, पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा ११ वर्षीय अञ्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए ।

सकुशल उद्धार गरिएका १४ वर्षीय सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको पाणिनि–१ का वडाध्यक्ष कमल पोखरेलले जानकारी दिए ।

सो घरमा ६ व्यक्ति बस्दै आएकामा दुईजना गोठको काम गरिरहेको अवस्थामा पहिरो खसेको थियो । रासस

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: