काभ्रेको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सञ्चालन

दर्पण दैनिक ११ फाल्गुन २०८१,११:४८
post

काभ्रे । मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ ।

कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । ‘हामीले गत कात्तिक मै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे ।

हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए । हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो इभी सञ्चालन हुँदैछ ।

काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण र प्रविधि र यात्रुका जनघनत्वलाई समेत ध्यानमा राखेर इभी माइक्रो सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

सैंजुले भने, ‘हाम्रो कम्पनीले बस तथा मिनिबसबाट सेवा दिइरहेका केही ग्रामीणभेगमा जनघनत्वको कमीले गर्दा ठुलो बस सञ्चालन गर्नमा कठिनाई हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्नै यात्रुलाई छिटोछरितो सेवा दिनका लागि थोरै सिट भएका इभी माइक्रो सेवा थालिएको हो ।’

स्थापनाकालमा काभ्रे मिनिबस सेवा समितिका रुपमा २०३४ सालमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बस/मिनिबस सञ्चालन गरिरहेको हालको काभ्रे पुण्यवती यातायात प्रालि(२०७६) नै काभ्रेपलाञ्चोक जिल्लामा इभी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी बन्न पुगेको छ ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: