भुम्लुमा राष्ट्रपति रनिङ शिल्ड प्रयोगिता शुरु, १४ विद्यालयका ७ सय खेलाडी सहभागी हुने

दर्पण दैनिक २० पुष २०८०,१५:०१
post

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रयोगिता शुरु भएको छ । बिहीवारदेखि सुरू भएकाे प्रतियोगिताको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन गर्दै मन्त्री लिम्बुले भुम्लु गाउँपालिकाले योग खेलमा गरेको प्रगतिको प्रशंसा गरे । उनले योग खेललाई ब्रान्डिङ गर्ने बताउँदै उदाहरणका रुपमा देशभर भुम्लु गाउँपालिकाबाट सिक्नु पर्ने बताए ।योग खेललाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न आफुले पहल गर्ने मन्त्री लिम्बुको भनाई थियो । मन्त्री लिम्बुले शिक्षा, खेलकुद जस्ता क्षेत्रमा राजनीति नगर्न समेत आग्रह गरे । 

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले विभिन्न कठिनाईका बीच विद्यालय तहबाटै योग शिक्षा शुरु गरिएको बताए । 

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अगामी दिनमा अझ ब्यवस्थित बनाउँदै जाने बताए । उनले भने, 'यो खेलकुदको कुम्भ मेला हो । पालिकाभित्रका सबै विद्यालयका खेलाडी एकै ठाउँमा जम्मा भएर प्रतिस्पर्धा हुन्छ । निकै टाढा टाढाबाट आउनु पर्ने भएकाले प्रतियोगिता अवधिभर सबै खेलाडीहरुलाई खाने र बस्ने ब्यवस्था पालिकाले नै गरेको छ ।'

वडा ५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक अञ्जलकुमार मोक्तानको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक उपस्थिति रहेकाे थियाे । प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयका ७ सयको हाराहारीमा विद्यालय तहको खेलाडी सहभागी हुनेछन् । भलिबल, कबड्डी र एथ्लेटिक्सका गरी जम्मा १३ वटा विधा अन्तर्गत छात्र र छात्रा गरी २६ वटा खेल हुने छ । प्रतियोगिता यही २१ गते सकिने बताइएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: