सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती, कप्तान दीपेन्द्रले २४ बलमा ५ छक्कासहित बनाए ५७ रन

दर्पण दैनिक १८ मंसिर २०८१,११:१९
post

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक पूरा गरे । उनले २४ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए । उसका लागि ब्रान्डन म्याकुलनले ३६ रन बनाए । २६ रनको सामना गरेका उनले दुईदुई चौका र छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । 

विनोद भण्डारीले २० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । इशन पाण्डेले १६ बलम दुई चौका र एक छक्काको मद्दतमा २१ रन बनाए । सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठ १ रनमा आउट भएका थिए ।

विराटनगरका लागि अनिल खरेलले चार ओभरमा २६ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले एकएक विकेट हात पारे ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: