आजदेखि  सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्लोर भिड्दै

दर्पण दैनिक ९ चैत्र २०८०,०७:५४
post

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंङ्गलोर भिड्दैछन् ।


उद्घाटन खेलअघि चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोहको आयोजना गरिदैछ । उद्घाटन समारोहमा प्रस्तुतीका लागि बलिउडका चर्चित कलाकारलाई बोलाइएको छ ।

यो संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।

लोकसभा चुनावका कारण आईपीएलका सबै खेल तालिका सार्वजनिक गरिएको छैन । प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछ ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: